30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

धनुषाको बटेश्वरमा ६० वर्षीय पुरुष मृत फेला, अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुमान

धनुषा, ४ वैशाख । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको छ। मृत फेला पर्नेमा स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेला परेको हो। मृतकका छोरा अमित थापाले दिएको जानकारी अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए। बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको बताइएको छ।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजाराम यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया र मुचुल्का सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार