आजको मौसम: कोशी, बागमती र गण्डकी सहित धेरै ठाउँमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ, १३ वैशाख । आज देशका विभिन्न प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। पहाडी भेगमा वर्षाको सम्भावना रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने आज ‘तातो दिन’ (Heat Wave) हुने सम्भावना छ, जसका कारण गर्मी बढ्ने देखिन्छ।

रातीको मौसम:
राती पनि पहाडी र हिमाली भू-भागमा बादल लाग्ने क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षा, चट्याङ्ग र तराईमा बढ्दो गर्मीका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार