काठमाडौं, ३० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्ना सम्बद्ध निकायहरूमा रिक्त रहेका पदहरूमा पदपूर्ति, नियुक्ति तथा मनोनयन गर्नका लागि रोस्टर सूची (Roster List) तयार पार्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले आज (बुधवार) एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आगामी २०८३ साल जेठ ६ गतेसम्म अनलाइन फाराम भरी रोस्टर सूचीमा सूचीकृत हुन सक्नेछन्। यसका लागि मन्त्रालयले सूचनामा एउटा अनलाइन लिङ्क र क्युआर कोड (QR Code) समेत उपलब्ध गराएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यद्वारा हस्ताक्षरित सूचनामा मन्त्रालय मातहतका विभिन्न निकायहरूमा रिक्त हुने पदहरूमा पारदर्शी ढंगले उपयुक्त जनशक्ति छनोट गर्न यो रोस्टर प्रणाली तयार पार्न लागिएको उल्लेख छ।



