भक्तपुर, १ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियंत्राण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चित्त नबुझ्ने विद्यार्थीहरूका लागि पुनर्योग (Retotaling) गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ। परीक्षाको नतिजाबाट सन्तुष्ट नभएका परीक्षार्थीहरूले आगामी जेठ १ गतेदेखि जेठ ७ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
पुनर्योग आवेदन प्रक्रिया र नियमहरू:
- आवेदन दिने माध्यम: विद्यार्थीहरूले ब्राउजरमा सिधै वा यस कार्यालयको वेबसाइट see.gov.np मा रहेको Retotaling Portal को payment.see.gov.np मा जानुपर्नेछ।
- विवरण प्रविष्टि: पोर्टलमा आफ्नो सिम्बोल नम्बर र जन्मतिथि प्रविष्टि (Entry) गरी Search गरेपछि विद्यार्थीको Grade sheet देखिनेछ।
- विषय छनोट: आफूले पुनर्योग गर्न चाहेको विषय छनोट गरी ठीक चिन्ह लगाउनुपर्नेछ।
- दस्तुर: पुनर्योगका लागि प्रति विषय रु. ५०० (पाँच सय रुपैयाँ मात्र) का दरले राजस्व बुझाउनुपर्नेछ।
- निवेदन प्रमाणीकरण: पोर्टलमा रहेको payment Button मा क्लिक गरी रकम भुक्तानी भएपछि मात्र निवेदन स्वतः पेस हुने सूचनामा उल्लेख छ।



