झापा, सुनसरी र मोरङबाट लागू औषधसहित ८ जना प्रहरी नियन्त्रणमा (विवरणसहित)

विराटनगर, ४ जेठ । झापा, सुनसरी र मोरङ जिल्लाका छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागू औषधसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेठ ३ गते गरिएको विशेष कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा झापा दमकका दुई जना, सुनसरीका चार जना र मोरङ बेलबारीका दुई जना रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगर र विभिन्न प्रतिबन्धित औषधीहरू बरामद गरिएको छ।

कहाँ को-को परे पक्राउ ?

  • झापा (दमक): इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यस्तै, दमक–९ का १९ वर्षीय सनम लिम्बु प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेटसहित नियन्त्रणमा परेका छन्।
  • सुनसरी (इटहरी, धरान र रामधुनी): जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतका टोलीले इटहरी–२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम ब्राउन सुगरसहित र धरान–१५ का २५ वर्षीय सनम राईलाई १४० क्याप्सुल ट्रामाडोल र १४० ट्याब्लेट डिकोलिकसहित नियन्त्रणमा लिएको छ। यसैगरी, रामधुनी नगरपालिका–९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी–७ का २३ वर्षीय मनिस चौधरी ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगरसहित इनरुवा–४ स्थित बसपार्कबाट पक्राउ परेका छन्।
  • मोरङ (बेलबारी): इलाका प्रहरी कार्यालय लेटाङको टोलीले लेटाङ–३ बाट बेलबारी नगरपालिका–११ का २३ वर्षीय प्रेम बहादुर तामाङ र बेलबारी–४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

लागू औषधसहित पक्राउ परेका सबै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार