झापामा प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास “मनसुन-६” सम्पन्न

झापा, १४ जेठ । मनसुनको समयमा आउन सक्ने बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै झापामा प्राकृतिक विपद् व्यवस्थापन सम्बन्धी एकीकृत डेमो अभ्यास “मनसुन-६” सम्पन्न भएको छ।

बुधबार झापाको मेचीनगर नगरपालिका वडा नं. १३ र १४ मा अवस्थित निचाझोडा सिमसार क्षेत्रमा उक्त अभ्यास सञ्चालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम दिउँसो १२:०० बजे सुरु भई १:०० बजे सम्पन्न भएको थियो। विपद्को समयमा उद्धार कार्यलाई कसरी प्रभावकारी र एकीकृत रूपमा सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर सुरक्षा निकायहरूले कृत्रिम घटना (डेमो) प्रस्तुत गरेका थिए।

पाँचवटा निकायको संयुक्त आयोजना
विपद् व्यवस्थापन अभ्यास कार्यक्रम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको संयुक्त आयोजनामा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

४०० भन्दा बढीको सहभागिता
उक्त अभ्यास कार्यक्रममा जिल्ला सुरक्षा समिति झापाका प्रमुख तथा पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका सदस्य तथा प्रतिनिधिहरू, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, एनसीसी (NCC) सँग आबद्ध विभिन्न विद्यालयका विद्यार्थीहरू र स्थानीय बासिन्दाहरू गरी करिब ४०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो।

मनसुन सुरु हुनुपूर्व नै गरिएको यस प्रकारको पूर्वतयारी अभ्यासले वास्तविक विपद्को समयमा धनजनको क्षति न्यूनीकरण गर्न र उद्धार कार्यलाई तीव्र बनाउन ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार