25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

काँकडभिट्टामा यात्रु तानातान गर्ने २४ बिचौलिया पक्राउ

झापा, चैत २४ (रासस) । पूर्वी नाका काँकडभिट्टामा यात्रुहरूलाई जबर्जस्ती तानातान गरी दुःख दिने २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबै पुरुष हुन्। उनीहरूले लामो तथा छोटो दूरीका सवारी साधनमा चढाउन, होटलमा बास बसाउन र विभिन्न अस्पतालहरूमा उपचारका लागि लैजाने बहानामा यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने गरेका थिए।

“बिचौलियाले दुःख दिएको भन्दै यात्रुहरूबाट निरन्तर गुनासो आएपछि सोमबार बिहानैदेखि विशेष प्रहरी परिचालन गरिएको थियो,” प्रवक्ता खड्काले भन्नुभयो। पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार