25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

मोरङमा भन्सार छलीका अवैध पेय पदार्थ बरामद, एकजना पक्राउ

विराटनगर, २५ चैत । मोरङको सुनवर्षी नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका अवैध पेय पदार्थहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका वडा नं. २ अमरदह बजारस्थित पारस किराना पसलबाट ती सामग्री बरामद गरिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका कोक, माउण्टेन डिउ, स्प्राइट, पेप्सी लगायतका पेय पदार्थहरू पसलका सञ्चालक पारस साहले आफ्नो घरमा गोदाम बनाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले चेकजाँच गर्दा बिलविजक नभएका निम्न सामग्रीहरू फेला पारी बरामद गरेको हो:

  • कोक (१ लि. र २.५ लि. वाला): ५५ काटुन (अन्दाजी मूल्य रु. ५९,७४०/-)
  • कोक सानो: ४८ काटुन (अन्दाजी मूल्य रु. १४,४००/-)
  • माउण्टेन डिउ (१ लि. र २.५ लि. वाला): ५३ काटुन (अन्दाजी मूल्य रु. ५८,४४०/-)
  • स्प्राइट (२.५ लि. र सानो): १३ काटुन (अन्दाजी मूल्य रु. १०,८००/-)
  • पेप्सी (१ लि.): २ काटुन (अन्दाजी मूल्य रु. १,९२०/-)

कुल अन्दाजी मूल्य: रु. १,४५,२००/- (एक लाख पैंतालिस हजार दुई सय)

बरामद गरिएका सामग्रीसहित पसल सञ्चालक पारस साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवश्यक कारबाहीका लागि उनलाई बरामद सामानसहित भन्सार कार्यालय रानी, विराटनगर पठाइएको मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार