25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

मकाउ पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने राजेन्द्र खड्का पक्राउ

काठमाडौं, २५ चैत । वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ४५ वर्षीय राजेन्द्र खड्का रहेका छन्।

खड्काले मकाउमा आकर्षक तलब हुने प्रलोभन देखाई एक पीडितबाट ३ लाख ८३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका खड्कालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार