गोरखामा भरुवा बन्दुकसहित बाबुराम बोगटी पक्राउ, सामान्य विवादमा बन्दुकको ‘डाब’ प्रहार

गोरखा, २५ चैत । गोरखाको आरुघाट गाउँपालिका–२ मान्बुवेशीबाट प्रहरीले एक थान भरुवा बन्दुक र बारुदहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीय बाबुराम बोगटी रहेका छन्।

प्रहरीका अनुसार मंगलबार राति बाबुराम र स्थानीय ३५ वर्षीय सन्तोष परियारबीच सामान्य विषयमा भनाभन र झैझगडा भएको थियो। सोही क्रममा बाबुरामले भरुवा बन्दुकको ‘डाब’ (बन्दुकको पछाडिको भाग) ले प्रहार गर्दा सन्तोष सामान्य घाइते भएका थिए।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मान्बुबाट खटिएको टोलीले बाबुरामको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक र बारुद फेला पारेको थियो। प्रहरीले बन्दुकसहित बाबुरामलाई नियन्त्रणमा लिएको छ भने थप अनुसन्धानका लागि घाइते सन्तोषलाई पनि प्रहरी निगरानीमा राखिएको छ।

यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखाले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार