23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

सुनसरीमा ५ हजार क्याप्सुल लागुऔषधसहित एक जना पक्राउ

सुनसरी, २६ चैत । सुनसरीको हरिनगरा गाउँपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको संयुक्त टोलीले सोमबार दिउँसो १:१५ बजेको समयमा हरिनगरा-२ स्थित भुटाहा बजारमा चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो।

भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे ८ प ५८७० नम्बरको स्कुटरलाई शंका लागेर रोकी चेकजाँच गर्दा स्कुटरको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध ट्रमाडोल-५००० (पाँच हजार) क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ पर्नेमा सुनसरी हरिनगरा गाउँपालिका वडा नं. ६ बस्ने २१ वर्षीय अबजुल अन्सारी रहेका छन्। उनलाई स्कुटरसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार