25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ, २८ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा बदलाब आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तीव्र गतिमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। वर्षा, हिमपात र हावाहुरीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले पहाडी तथा हिमाली भेगका बासिन्दा र यातायात चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार