25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

सुनसरीमा १.९७ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

इनरुवा, २८ चैत । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित प्रहरीको संयुक्त टोलीले ब्राउन सुगरसहित एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त चेकिङ टोलीले पैदल हिँडिरहेका सुनसरीको इटहरी उप-महानगरपालिका वडा नं. १६ बस्ने २४ वर्षीय सुसान ठाकुरलाई पक्राउ गरेको हो।

घटनाको विवरण:
गए राति करिब १९:३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका ठाकुरलाई शङ्का लागेर जाँच तथा खानतलासी गर्दा उनको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो। प्रहरीका अनुसार तौल गर्दा उक्त पदार्थ १.९७ ग्राम (एक ग्राम नौ सय सत्तरी मिलिग्राम) रहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार पक्राउ परेका ठाकुरलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयले लागु औषध नियन्त्रण अभियान अन्तर्गत सक्रियता बढाएको र यस घटनाबारे विस्तृत अनुसन्धान गरिने जानकारी दिएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार