25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि: डिजेल र मट्टीतेल प्रतिलिटर २३७ पुग्यो

काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य बढाएको हो।

नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ भने हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। यो वृद्धिसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ मूल्यसूचीका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

मूल्य वृद्धि गर्दा समेत निगमले अझै ठूलो घाटा व्यहोर्नु परिरहेको दाबी गरेको छ। निगमको विज्ञप्ति अनुसार नयाँ मूल्य कायम भए पनि पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजेलमा ८७.९९ रुपैयाँ, मट्टीतेलमा ३६.७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा रहेको छ।

हाल निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा भइरहेको समेत जानकारी दिइएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार