जामचोमा हाइकिङका क्रममा लडेकी महिलाको नेपाली सेनाद्वारा सकुशल उद्धार

काठमाडौँ, ५ वैशाख ।
काठमाडौँको नागार्जुन नगरपालिका-१ स्थित जामचो (नागार्जुन डाँडा) मा हाइकिङका क्रममा भिरबाट खसेकी एक महिलाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

बिहीबार (आज) हाइकिङ गर्ने क्रममा धादिङ जिल्ला स्थायी घर भएकी २९ वर्षीया महिला अचानक खुट्टा अल्झिएर बाटोबाट करिब ५० मिटर तल खसेकी थिइन्। लडेर बेहोस भएकी ती महिलालाई सोही क्षेत्रमा तैनाथ भैरवीदल गण बाट खटिएको सैनिक टोलीले तत्काल उद्धार गरेको हो।

सेनाले ती महिलाको प्राथमिक उपचार गरी थप उपचारका लागि अस्पताल पठाएको छ। हिजोआज गर्मी बढेसँगै नागार्जुन क्षेत्रमा हाइकिङ गर्नेहरूको सङ्ख्या बढ्दो छ, तर भिरालो बाटोमा सावधानी नअपनाउँदा यस्ता दुर्घटनाहरू हुने गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार