भद्रपुर, ६ वैशाख । झापाको भद्रपुर नगरपालिका–५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ सैनिक मोड बस्ने २३ वर्षीय हरि प्रसाद राजवंशी रहेका छन्। उनलाई शनिबार बेलुकी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजवंशीको साथबाट ३ ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो।
पक्राउ परेका राजवंशीमाथि थप अनुसन्धान भइरहेको र उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।



