30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

कालिकोट र हुम्लाका दुई महिलाको हवाई उद्धार, थप उपचारका लागि सुर्खेत पठाइयो

सुर्खेत, ७ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत कालिकोट र हुम्लाका दुई महिलाको उद्धार गरिएको छ ।

यही वैशाख ६ गते कालिकोटको पलाँता गाउँपालिका–३ र हुम्लाको खार्पुनाथ गाउँपालिका–५ निवासी महिलाहरूलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याइएको हो । 

हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी भएको अवस्थामा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि जिल्ला अस्पताल हुम्लाको सिफारिसमा कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो । त्यसैगरी, कालिकोटकी २२ वर्षीया अप्सरा शाहीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यमा थप जटिलता उत्पन्न भई आईसीयूमा राख्नुपर्ने देखिएकाले सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । 

सरकारले ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य सुरक्षाका लागि यो निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ । नेपाली सेनाको विशेष समन्वयमा हुँदै आएको यस कार्यक्रमले दुर्गमका महिलाहरूको अकाल मृत्यु रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार