सुनसरीका चार स्थानीय तह ‘बर्ड फ्लु’ संकटग्रस्त क्षेत्र घोषणा, पक्षीजन्य पदार्थ ओसारपसारमा पूर्ण प्रतिबन्ध

इनरुवा, ८ वैशाख । सुनसरीका विभिन्न स्थानीय तहमा पालिएका कुखुरामा बर्ड फ्लु (H5N1) संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले उच्च सतर्कता अपनाउँदै प्रभावित क्षेत्रलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आज (२०८३ वैशाख ८ गते) एक सार्वजनिक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र गढी गाउँपालिकाका विभिन्न स्थानमा बर्ड फ्लु फैलिएको जानकारी दिएको छ। 

ओसारपसारमा वैशाख १४ सम्म प्रतिबन्ध

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेद्वारा हस्ताक्षरित सूचना अनुसार, छिमेकी जिल्लाहरू झापा र मोरङमा समेत संक्रमण देखिएकाले सुनसरी जिल्ला भित्र र बाहिर पक्षीजन्य पदार्थको ओसारपसारमा वैशाख १४ गतेसम्मका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ। 

प्रतिबन्ध लगाइएका वस्तुहरू:

  • पंक्षी (चल्ला र कुखुरा समेत)
  • पंक्षीजन्य पदार्थ (अण्डा र मासु)
  • कुखुराको सुली

बर्ड फ्लु नियन्त्रणका लागि ‘चार किल्ला’ तोकियो

संक्रमण थप फैलिन नदिन र मानवीय जोखिम कम गर्न ‘बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८’ बमोजिम प्रभावित क्षेत्रमा ‘चार किल्ला’ तोकेर नियन्त्रणका कार्यहरू अघि बढाइएको छ। प्रशासनले जिल्लाबासी, कृषक, व्यवसायी र उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन र नियन्त्रण अभियानमा सहयोग गर्न अनुरोध गरेको छ। 

हालसम्म सुनसरीका १२ वटा फार्महरू यस संक्रमणबाट प्रभावित भइसकेका छन् भने हजारौंको संख्यामा कुखुरा र अण्डाहरू नष्ट गरिएको छ। 

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार