नैतिकताको आधार देखाउँदै गृह मन्त्री सुधन गुरुङद्वारा राजीनामा

काठमाडौँ , वैशाख ९ गृह मन्त्री सुधन गुरुङले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय शेयर लगायतका विषयमा उठेका प्रश्न र ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) लाई लिएर नागरिक स्तरबाट दबाब बढेपछि उनले पद त्याग गरेका हुन्।

सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्दै गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको बताएका छन्। उनले सुशासनका लागि उठिरहेको ‘Gen Z’ आन्दोलनको भावनालाई सम्मान गर्दै आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भनेर मार्गप्रशस्त गरेको उल्लेख गरेका छन्। ४६ जना युवाहरूको बलिदानबाट बनेको सरकारमाथि प्रश्न उठ्दा आफू पदमा टाँसिरहनु उचित नहुने उनको तर्क छ। राजीनामाकै क्रममा उनले परिवर्तनका लागि सबैमा आत्मशुद्धि र त्यागको साहस हुनुपर्ने भन्दै केही मिडियाकर्मीहरूको ‘स्वीट शेयर’ बारे पनि प्रश्न उठाएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार