आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी: नेपालद्वारा आयोजक रुवाण्डा पराजित

काठमाडौँ, ९ वैशाख ।
आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीमा नेपालले विजयी सुरुवात गरेको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको रोमाञ्चक खेलमा नेपालले आयोजक रुवाण्डालाई २ विकेटले पराजित गरेको हो ।

रुवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा सम्झना खड्काले अविजित ४८ रनको उत्कृष्ट इनिङ खेलिन् । पूजा महतोले १३ र विन्दु रावलले १० रनको योगदान दिए । टस जितेर पहिले ब्याटिङ गरेको रुवाण्डा १९.४ ओभरमा ८८ रनमा समेटिएको थियो । रुवाण्डाका लागि एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् ।कसिलो बलिङ गर्ने क्रममा रचना चौधरीले ३ विकेट लिइन् भने पूजा महतो र कविता कुँवरले २-२ विकेट झारे । मनिष उपाध्याय र रिया शर्माको नाममा १-१ विकेट रह्यो ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । यो जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण अङ्क जोड्न सफल भएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार