सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ, वैशाख ९ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरूमा आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू सम्प्रेषण भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्चार मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा नकारात्मक मनोविज्ञान फैलाउने कार्य गरिरहेको बताएको छ।

आधारहीन समाचार सम्प्रेषण नगर्न आग्रह
मन्त्रालयले सबै समाचार प्रदायक संस्था, सञ्चार माध्यम तथा व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि समाचार वा सूचना प्रकाशन तथा प्रसारण नगर्न कडा आग्रह गरेको छ।

विद्युतीय कारोबार ऐन बमोजिम कारबाही हुने
विज्ञप्तिमा भनिएको छ, “यदि आधारहीन, मिथ्या र भ्रामक समाचारहरू प्रकाशन तथा प्रसारण गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी प्रचलित कानून (विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानून) बमोजिम कडा कारबाही गरिनेछ।”

सजग रहन आम नागरिकलाई अपिल
मन्त्रालयले आम सर्वसाधारणलाई समेत यस्ता भ्रामक समाचार र सूचना फैलाउन सहयोग पुग्ने क्रियाकलापमा संलग्न नहुन अपिल गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खातामार्फत साझा (Share) गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न मन्त्रालयले अनुरोध गरेको छ।

गुनासो दर्ता गर्ने व्यवस्था
भ्रामक सूचना फैलिएको थाहा पाएमा वा त्यसबारे केही गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको “सामाजिक सञ्जाल गुनासो दर्ता” पोर्टलमा जानकारी दिन सकिनेछ। थप जानकारीका लागि मन्त्रालयले निम्न सम्पर्क विवरणहरू उपलब्ध गराएको छ:

  • मोबाइल नं.: ९८५१४००११२
  • फोन नं.: ०१-४२००४३९ (सूचना अधिकारी)
  • इमेल: info@mocit.gov.np / support@mocit.gov.np

हालैका दिनहरूमा मन्त्री डा. विक्रम तिमल्सिनाले समेत सार्वजनिक कार्यक्रमहरूमा बोल्दै सरकारले राज्यकोषको दुरुपयोग नगर्ने र सामाजिक सञ्जालमा फैलाइएका हल्लाहरूको पछि नलाग्न नागरिकहरूलाई आग्रह गर्दै आउनुभएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार