इनरुवामा ब्राउन सुगरसहित एक युवक पक्राउ

इनरुवा, वैशाख १२ | सुनसरीको इनरुवा नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गको बसचोक क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त चेकिङ टोलीले शनिबार बिहान अन्दाजी ९:३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ६ प ७७८२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उक्त मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका वडा नं. ९ छाताबेली बस्ने २४ वर्षीय 

मोहम्मद साबिर मियाँको साथबाट २ ग्राम १६० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक 

चन्द्र बहादुर खड्काका अनुसार, मियाँलाई उक्त लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको छ। पक्राउ परेका मियाँमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार