डोल्पामा सुत्केरी व्यथाले छटपटिएकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

डोल्पा,बैशाख १३ | डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१० निवासी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जटिल प्रसूति समस्या देखिएपछि ती महिलालाई थप उपचारका लागि सुर्खेत पठाइएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित ‘राष्ट्रपति महिला सशक्तीकरण परियोजना’ अन्तर्गत बिहीबार (वैशाख १३ गते) ती महिलाको हवाई उद्धार गरिएको हो। त्रिपुरासुन्दरीमा प्राथमिक उपचारपछि पनि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई तत्काल सुविधासम्पन्न अस्पताल लैजानुपर्ने आवश्यकता देखिएको थियो।

मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई डोल्पाबाट उद्धार गरी सुर्खेत पुर्‍याइएको छ। हाल उनको सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

के हो हवाई उद्धार कार्यक्रम?
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरू, जसको ज्यान जोखिममा छ, उनीहरूलाई समयमै उपचार दिलाउन सरकारले यो निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी हिमाली र दुर्गम पहाडी जिल्लाहरूमा यातायातको असुविधाका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई अन्त्य गर्न यो कार्यक्रम प्रभावकारी साबित हुँदै आएको छ।

यसअघि पनि मन्त्रालयले डोल्पा लगायतका दुर्गम जिल्लाहरूबाट दर्जनौँ जोखिममा परेका महिलाहरूको सफल उद्धार गरिसकेको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार