मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो, प्रहरीको सक्रियताले ठूलो क्षति हुनबाट जोगियो

चितवन, २४ वैशाख । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तुइनखोलामा गुडिरहेको कारमाथि ढुङ्गा खस्दा आगलागी भएको छ।

बिहीबार (आज) दिउँसो करिब ३:१५ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको कारमा सडक माथिबाट अचानक ढुङ्गा खसेको थियो। ढुङ्गाले कारको पेट्रोल ट्याङ्कीमा लागेपछि तत्कालै आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीको सक्रियतामा कारमा लागेको आगो नियन्त्रणमा लिइएको छ। प्रहरीले समयमै आगो निभाएका कारण थप क्षति हुनबाट जोगिएको छ।

सुख्खा पहिरो र ढुङ्गा खस्ने जोखिमका कारण यो सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार