सर्लाही, २६ वैशाख । सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दीगाउँमा ग्याँस सिलिण्डर चुहावट भई भएको आगलागी सुरक्षा निकाय र स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको छ।
गएको वैशाख २५ गते स्थानीयको घरमा खाना पकाउने क्रममा अचानक ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ नेपाली सेनाको कालीध्वज गणबाट टोली घटनास्थलमा खटिएको थियो।
सेनाको टोलीले अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाहरूको ठूलो सहयोगमा आगोलाई थप फैलिन नदिई पूर्ण रूपमा नियन्त्रणमा लिएको हो। समयमै आगो नियन्त्रणमा आएका कारण ठूलो धनजनको क्षति हुनबाट जोगिएको छ।
पछिल्लो समय गर्मी र सुक्खा मौसम बढेसँगै आगलागीका घटनाहरू बढिरहेकाले भान्सामा ग्याँसको प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राविधिकहरूले सुझाव दिएका छन्।
#NepaliArmy #NAFireFighting #SarlahiNews #FireAlert #NepalPolice #Hariban



