डोल्पाको जगदुल्लामा सेनाको बृहत् स्वास्थ्य शिविर: ५०० भन्दा बढी स्थानीय लाभान्वित

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-५ स्थित माझगाउँमा आयोजित एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट करिब पाँच सय सर्वसाधारण नागरिकहरू लाभान्वित भएका छन्।

नेपाली सेनाको संग्राम शार्दूल गुल्म र नं. २४ फिल्ड एम्बुलेन्स गुल्मको मुख्य आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो। शिविरलाई स्वास्थ्य सेवा कार्यालय डोल्पा, जिल्ला अस्पताल र जगदुल्ला गाउँपालिकाले प्राविधिक तथा व्यवस्थापकीय सहकार्य गरेका थिए।

यही ज्येष्ठ ०२ गते सञ्चालित शिविरमा ग्रामीण भेगका नागरिकहरूलाई लक्षित गरी विभिन्न रोगको स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। भौगोलिक विकटताका कारण सामान्य उपचार पाउन समेत घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेका स्थानीयहरू आफ्नै गाउँघरमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाउँदा निकै खुसी देखिएका थिए।

शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाली सेनाले ‘सैनिक-नागरिक सम्बन्ध’ लाई थप प्रगाढ बनाउने र ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले दुर्गम भेगहरूमा यस्ता स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार