कङ्गो र युगान्डामा घातक इबोला भाइरसको प्रकोप: विश्व स्वास्थ्य संगठनद्वारा ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (WHO) ले अफ्रिकी मुुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DRC) र युगान्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (PHEIC) घोषणा गरेको छ। यो इबोलाको अत्यधिक दुर्लभ र घातक ‘बन्डिबुग्यो’ (Bundibugyo) स्ट्रेन हो, जसको हालसम्म कुनै प्रमाणित खोप वा निश्चित उपचार उपलब्ध छैन।

कङ्गोको पूर्वी इटुरी प्रान्तबाट सुरु भएको यो प्रकोप तीव्र गतिमा छिमेकी राष्ट्र युगान्डासमेत फैलिएपछि डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यो वैश्विक चेतावनी जारी गरेका हुन्। स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म २ सय ४६ भन्दा बढी शङ्कास्पद बिरामी फेला परिसकेका छन् भने ८८ जनाभन्दा बढीको ज्यान गइसकेको छ। मृत्यु हुनेहरूमा ४ जना अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीसमेत रहेका छन्।

संक्रमित क्षेत्रहरूमा अत्यधिक जनघनत्व, तीव्र बसाइँसराइ र असुरक्षाका कारण भाइरस अन्य देशहरूमा पनि फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै Africa CDC र डब्ल्यूएचओले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल नियन्त्रणका कदम चाल्न अपिल गरेका छन्। यसैबिच, नेपालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) ले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका स्वास्थ्य डेस्कहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार