कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक गर्ने थप दुई जना पक्राउ, ‘ह्वाट्सएप’ ग्रुप बनाएर उत्तरसमेत बेचेको खुलासा

काठमाडौँ, ५ जेठ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीबाट खटिएको टोलीले आज (मंगलबार) काठमाडौँको रत्नपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. १ रानीबन बस्ने २९ वर्षीय सन्तोष बन्जारा र गोरखाकै गण्डकी गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल काठमाडौँको वनस्थली बस्ने २० वर्षीय अश्विन अधिकारी रहेका छन्।

साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (SP) दिलीप कुमार गिरीका अनुसार, कक्षा १२ को प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको पत्र प्राप्त भएपछि ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा आरोपीहरूले सामाजिक सञ्जालमा ‘Class 12 Management only’ नामक ‘WhatsApp Group’ तथा ‘Facebook Messenger’ लगायतमा विभिन्न ग्रुपहरू बनाएर प्रश्नपत्रको गोपनीयता भङ्ग गर्नुका साथै प्रश्न पत्रसँगै उत्तर (Answers) समेत बाहिर ल्याई सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको पाइएको छ। यसअघि पक्राउ परेका व्यक्तिहरूको बयान र प्राविधिक अनुसन्धानका आधारमा उनीहरूको संलग्नता खुलेपछि आज पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार