झापा, जेठ ७ । झापाको शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रभित्र ट्र्याक्टरबाट गरिने कृषि जोताई सेवाको शुल्कमा एकरूपता कायम गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको मिति २०८३/०२/०४ गते बसेको बैठकको निर्णयानुसार नगर क्षेत्रभरिका लागि जोताई शुल्क निर्धारण गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेद्वारा जेठ ६ गते जारी सूचनाअनुसार, इन्धन तथा अन्य सम्बन्धित वस्तुको मूल्यमा हुने परिवर्तनका आधारमा यो सेवा शुल्कमा समसामयिक परिमार्जन हुन सक्ने व्यवस्था समेत गरिएको छ ।
नगरपालिकाले तोकेको नयाँ सेवा शुल्क विवरण यस प्रकार छ:
- कल्टीभेटरबाट जोताई: प्रति घण्टा रु. २,३००/- (दुई हजार तीन सय मात्र)
- तावा हलोबाट जोताई: प्रति घण्टा रु. २,३००/- (दुई हजार तीन सय मात्र)
- रोटाभेटरबाट जोताई: प्रति घण्टा रु. २,५००/- (दुई हजार पाँच सय मात्र)
नगरपालिकाले तोकिएको दररेट भन्दा बढी शुल्क नलिन र नगरक्षेत्रभरि यही निर्णय बमोजिम सेवा शुल्क लिन/दिन सम्बन्धित सबैमा जानकारी गराएको छ ।
