रसुवामा ३६ लाख बढी मूल्यको गैरकानूनी विद्युतीय चुरोट (भेप) सहित ८ जना पक्राउ

रसुवा, जेठ ७ । जिल्ला प्रहरी कार्यालय रसुवा र इलाका प्रहरी कार्यालय टिमुरेको संयुक्त टोलीले ठूलो परिमाणको गैरकानूनी विद्युतीय चुरोट (भेप) सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जेठ ७ गते बिहान ०९:३० बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ दाल्फफेदीस्थित मम्माया तामाङको घरमा खानतलासी गर्दा उक्त सामग्री बरामद भएको हो ।

प्रहरीका अनुसार तामाङको कोठाभित्र लुकाई छिपाई राखिएको अवस्थामा प्लास्टिकको बोरा भित्र ६ वटा कार्टुनमा ELFBAR ICE KING (30K puffs) लेखिएको १२ हजार २५ थान विद्युतीय चुरोट (भेप) फेला परेको थियो । बरामद गरिएको उक्त भेपको अनुमानित बजार मूल्य रु. ३६,७५,०००/- (छत्तीस लाख पचहत्तर हजार) रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभएको छ ।

पक्राउ पर्ने मानिसहरूको विवरण:
१) मम्माया तामाङ (४४ वर्ष) – गोसाइँकुण्ड गा.पा.-१, रसुवा
२) राज कुमार तामाङ (३५ वर्ष) – गोसाइँकुण्ड गा.पा.-१, रसुवा
३) छो माया तामाङ (४७ वर्ष) – गोसाइँकुण्ड गा.पा.-१, रसुवा
४) केश बहादुर गुरुङ (४० वर्ष) – गङ्गाजमुना गा.पा.-३, धादिङ
५) सहिन गुरुङ (२५ वर्ष) – गङ्गाजमुना गा.पा.-३, धादिङ
६) सागर खत्री (२५ वर्ष) – बढीमालिका न.पा.-१०, बाजुरा (हाल माछापोखरी, काठमाडौँ)
७) सुबास तामाङ (२७ वर्ष) – तादी गा.पा.-४, नुवाकोट (हाल बालाजु, काठमाडौँ)
८) नेत्र बहादुर थापा मगर (२६ वर्ष) – भदौरे गा.पा.-६, ओखलढुङ्गा (हाल बालाजु, काठमाडौँ)

प्रहरीले बरामद सामानसहित पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार