झापा, मोरङ र सुनसरीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

विराटनगर, जेठ ७ । पूर्वी नेपालका विभिन्न तीन जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर (खैरो हिरोइन) सहित चार जनालाई पक्राउ गरेको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा जेठ ६ गते गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका वडा नं. ३ स्थित मेचीपारी क्षेत्रबाट प्रहरी चौकी मेचीपारीको गस्ती टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राई रहेका छन् । उनीहरूको साथबाट ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीको टोलीले पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै, सुनसरीको इनरुवा बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं. १० का २६ वर्षीय रमेश उरावलाई पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा फेला परेका उरावको खानतलासी गर्दा उनको साथबाट ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

विभिन्न स्थानबाट लागू औषधसहित पक्राउ परेका चारै जनालाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूको हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार