मौसम अपडेट: आज चार प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा तातो लहर

काठमाडौँ, ८ जेठ । आज देशका विभिन्न भागमा मौसममा बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही क्षेत्रमा अत्यधिक गर्मी हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।

दिउँसोको मौसम
दिउँसो लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र लुम्बिनीमा अत्यधिक गर्मी
पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा तराई र केही पहाडी क्षेत्रमा भने गर्मी बढ्नेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो लहर (लू) चल्ने सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा आज ‘तातो दिन’ हुने महाशाखाको पूर्वानुमान छ।

रातिको मौसम
राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसमविद्हरूले तातो लहर चल्ने क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन र चट्याङ्गको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार