20.1 C
Kathmandu
Monday, June 1, 2026
spot_img

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र बेलायती मन्त्री सीमा मल्होत्राबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ, ८ जेठ । माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती संसदीय राज्यमन्त्री (Parliamentary Under-Secretary of State – Minister for Equalities) सीमा मल्होत्राबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटघाटका क्रममा नेपाल र संयुक्त अधिराज्य (बेलायत) बीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ। विशेष गरी शिक्षा र खेलकुदको क्षेत्रमा रणनीतिक सहकार्य, प्राविधिक साझेदारी र द्विपक्षीय हितका विविध आयामहरूमा दुवै पक्षबीच सकारात्मक कुराकानी भएको मन्त्रालयले जनाएको छ।

बैठकमा मन्त्री पोखरेलले नेपालको शैक्षिक सुधार र खेलकुद पूर्वाधार विकासमा बेलायत सरकारले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। साथै, आगामी दिनमा नेपाली विद्यार्थीहरूको क्षमता अभिवृद्धि र खेलाडीहरूको व्यावसायिक विकासका लागि थप रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिनुभयो।

सो अवसरमा बेलायती मन्त्री मल्होत्राले नेपालको सामाजिक-आर्थिक विकास र शिक्षा क्षेत्रको रूपान्तरणमा बेलायत सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटवार्तामा मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपालस्थित बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार