लागुऔषध मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

भद्रपुर, ८ जेठ । लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

प्रहरीले भद्रपुर नगरपालिका वडा नम्बर ८, एसपी मोडबाट ४१ वर्षीय ‘गुल्लु’ भन्ने मोहम्मद असर्फ शेखलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई गोप्य सूचनाको आधारमा आज बिहान करिब साढे १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेखलाई जिल्ला अदालत झापाको मिति २०८१ असोज ११ गतेको फैसला (लगत नम्बर १२/३९६२) ले लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फैसला पश्चात् उनी फरार रहँदै आएका थिए ।

प्रहरीले उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराएको थियो । अदालतको आदेशानुसार शेखलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार