20.1 C
Kathmandu
Monday, June 1, 2026
spot_img

एसईई पुनर्योगका लागि ३३ हजार बढीको आवेदन, उत्तरपुस्तिका खोज्न थालियो

काठमाडौँ, ९ जेठ । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा चित्त नबुझाई पुनर्योग (Retotaling) का लागि आवेदन दिने परीक्षार्थीको सङ्ख्या ३३ हजार नाघेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार कुल ३३ हजार ८५१ जना परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिएका छन्।

परीक्षार्थीको ठुलो सङ्ख्याले आवेदन दिएपछि परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका खोज्ने कार्यलाई तीव्र बनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले उत्तरपुस्तिकाहरू संकलन र खोजतलास गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो।

नतिजा प्रकाशनमा केही समय लाग्ने उल्लेख गर्दै नियन्त्रक अधिकारीले परीक्षार्थी र अभिभावकलाई धैर्य गर्न अनुरोध गर्नुभएको छ। “हामी कुनै पनि बिदा उपयोग नगरी बिहान–साँझ पूर्ण क्षमताका साथ कार्य गरिरहेका छौँ, त्यसैले केही समय धैर्य गरिदिन अनुरोध गर्दछु,” अधिकारीले भन्नुभयो।

पुनर्योगको नतिजापछि मात्र उत्तरपुस्तिका हेर्न पाइने
धेरै परीक्षार्थी र अभिभावकले उत्तरपुस्तिका कहिले हेर्न पाइन्छ र पुनः परीक्षण (Re-examination) को प्रक्रिया कहिले सुरु हुन्छ भनी चासो राखिरहेका छन्। यस सम्बन्धमा स्पष्ट पार्दै परीक्षा नियन्त्रक अधिकारीले अहिले भइरहेको पुनर्योगको नतिजा प्रकाशन भएपछि मात्रै उत्तरपुस्तिका हेर्नका लागि नयाँ सूचना जारी गरिने बताउनुभयो।

उत्तरपुस्तिका हेरिसकेपछि चित्त नबुझेमा सोही प्रक्रियासँगै पुनः परीक्षणका लागि समेत निवेदन दिन सकिने कानुनी व्यवस्था गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार