क्रिप्टो करेन्सी कारोबार र अनलाइन ठगी गर्ने ४ जना चितवनमा पक्राउ

चितवन, १३ जेठ । चितवन प्रहरीले अवैध भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार गर्ने एक जना र अनलाइन स्क्याम (ठगी) मा संलग्न तीन जना गरी चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टाँडी, चितवनबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

१. मोबाइलबाट १xBet र बाइनान्स प्रयोग गर्ने पक्राउ

काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बाइपास घर भई हाल चितवनको रत्ननगर नगरपालिका वडा नं. १० अनामनगर बस्ने ३६ वर्षीय शिशिर गौतम पक्राउ परेका छन्। गौतमले मोबाइल मार्फत १xBet मा सट्टेबाजी गर्ने र बाइनान्स (Binance) एप मार्फत अवैध क्रिप्टो करेन्सीको कारोबार तथा सञ्चय गर्ने गरेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई रत्ननगर-१ स्थित बकुलहर चोकबाट जेठ १२ गते दिउँसो पक्राउ गरेको हो। उनको साथबाट:

  • एन्ड्रोइड मोबाइल: २ थान
  • विभिन्न बैंकका एटीएम कार्डहरू: ६ थान
  • नगद: रु ४,०००/- बरामद गरिएको छ।

२. टेलिग्राममार्फत ९ लाखभन्दा बढी ठगी गर्ने तीन जना थुनामा

अनलाइन बिजनेस प्लेटफर्ममा लगानी गरेर बढी नाफा कमाउने प्रलोभन देखाई रु ९,९२,१५१ (नौ लाख बान्नब्बे हजार एक सय एकाउन रुपैयाँ) ठगी गरेको आरोपमा अन्य तीन जना पक्राउ परेका छन्। उनीहरूले पीडितहरूलाई टेलिग्राम (Telegram) मा विभिन्न खाता नम्बरहरू पठाई रकम जम्मा गर्न लगाएका थिए।

पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टाँडी र जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को समन्वयमा जेठ १२ गते निम्न व्यक्तिहरू पक्राउ परेका हुन्:

  • रोशन मुसलमान (वर्ष २६) – प्रतापपुर गाउँपालिका वडा नं. ०४, नवलपरासी
  • रुस्तम अन्सारी (वर्ष २४) – प्रतापपुर गाउँपालिका वडा नं. ०४, नवलपरासी
  • आजम अलि अन्सारी (वर्ष २७) – पाल्हिनन्दन गाउँपालिका वडा नं. ०३, नवलपरासी

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार