मेचीनगरका ४ नदीमा उत्खनन र संकलन बन्द, कानुन मिचे कारबाही हुने

मेचीनगर, १३ जेठ । झापाको मेचीनगर नगरपालिकाले नगरभित्र बहने चार प्रमुख नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन र संकलन कार्यमा पूर्ण रोक लगाएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि जेठ १४ गतेदेखि लागू हुने गरी यो प्रतिबन्ध लगाएको हो।

यी नदीहरूमा रोकियो उत्खनन

नगरपालिकाका अनुसार आर्थिक वर्ष ०८२/८३ का लागि स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनले तोकेको परिमाण बमोजिमको नदीजन्य सामग्री उत्खनन कार्य सकिएकाले बन्द गरिएको हो। पूर्ण प्रतिबन्ध लगाइएका नदी तथा खोलाहरू:

  • मेची नदी/खोला
  • निन्दा नदी/खोला
  • टिमाई नदी/खोला
  • हडिया नदी/खोला

नियम मिचे कारबाही, विपद् व्यवस्थापन कार्य भने नरोकिने

नगरपालिकाका वातावरण अधिकृत अमन शेर्पाद्वारा हस्ताक्षरित सूचनामा यो नियम विपरीत कसैले नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ।

तर, नगरपालिकाबाट पूर्व-स्वीकृत भई सञ्चालनमा रहेका नदीको धार परिवर्तन वा सुधार जस्ता विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अत्यावश्यक कार्यहरू भने यथावत रूपमा सुचारु रहने विशेष द्रष्टव्यमा उल्लेख छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार