तमोर नदीको किनारमा फसेका युवकको राति ११ बजे सकुशल उद्धार

धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका मोरङको ग्रामथान गाउँपालिका–१ निवासी २९ वर्षीय अर्जुन सरदारको सकुशल उद्धार गरिएको छ। दसैँ बिदामा घर जाने क्रममा मूलघाट निस्किन खोजेका सरदार पौडी खेलेर नदी पार गरेपछि बाटो नभेट्दा किनारमा अलपत्र परेका थिए।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको सहयोगमा सोमबार राति ११ बजे उनको उद्धार गरिएको हो। उद्धारपछि उनलाई आफू कार्यरत समिनारायण कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शिवनारायण यादवको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

नदी तर्ने क्रममा अपरिचित ठाउँमा जोखिमपूर्ण प्रयास गर्दा दुर्घटना हुन सक्छ। प्रहरीले नदी पार गर्दा सावधानी अपनाउन र सुरक्षित बाटो प्रयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार