गुरुभक्त न्यौपाने स्मृति फुटबलमा निदीको ऐतिहासिक जित

झापा । बिर्तामोड–४ स्थित कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलले आयोजना गरेको प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिताको उपाधि निदी सेकेन्डरी स्कुलले जितेको छ।

उपाधिसँगै विजेता निदीले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍यो। उपविजेता देवी माध्यमिक विद्यालयले नगद ६ हजारसहित ट्रफी र मेडल हात पार्यो। आयोजक कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुल तेस्रो हुँदै नगद ४ हजार ५०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो। चौथो स्थान प्राप्त गर्ने टोलीलाई सान्त्वना पुरस्कारस्वरूप मेडल र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड, बेस्ट प्लेयर, टप स्कोरर, उत्कृष्ट प्रशिक्षक तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई आकर्षक ट्रफी प्रदान गरिएको थियो।गत फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता विद्यालयका संस्थापक तथा शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व स्वर्गीय गुरुभक्त न्यौपानेको स्मृतिमा आयोजना गरिएको संस्थापक प्रिन्सिपल डा. केशवराज न्यौपानेले जानकारी दिए।

विद्यार्थीभित्र लुकेका प्रतिभा उजागर गर्ने, खेलकुदमार्फत अनुशासन र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी २० विद्यालय सहभागी भएका थिए। आगामी संस्करणलाई अझ विस्तार गर्दै झापा जिल्लाभरिका विद्यालयलाई समेट्ने योजना विद्यालयले सार्वजनिक गरेको छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य भाइस प्रिन्सिपल अनन्तकुमार राजवंशीले राखेका थिए।सोही अवसरमा संस्थापक प्रिन्सिपल डा. न्यौपानेले स्वर्गीय गुरुभक्त न्यौपानेको नाममा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरे। उक्त कोषको ब्याजबाट हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग प्रदान गरिने उनले बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार