वीरगञ्जको होटलबाट ३० हजार ट्याब्लेट प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, ६ वैशाख । पर्सा प्रहरीले वीरगञ्जबाट ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध (ट्रामडोल) सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब ९:५५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ लिंक रोडस्थित ‘समर होटल एण्ड लज’ मा खानतलासी गर्दा ती युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत विहारको मोतिहारी जिल्ला, भेलाही बस्ने २० वर्षीय सागर कुमार पटेल रहेका छन् ।

प्रहरीले होटलको कोठा नं. १०५ मा खानतलासी गर्दा पटेलको साथबाट प्रतिबन्धित लागु औषध Tramadol Hydrochloride Ip-50 Tramol बरामद गरेको हो । बरामद गरिएका औषधीहरू १ पत्तामा १० पिसका दरले ३ हजार पत्तामा जम्मा ३० हजार पिस ट्याब्लेट रहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । 

पक्राउ परेका पटेललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार