23.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

देशका धेरै स्थानमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २५ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावका कारण मौसममा उल्लेख्य परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रहने सम्भावना छ।

विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा आज दिउँसो पूर्ण बदली रही वर्षा हुने देखिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका साथै मधेश प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाले वर्षा र हावाहुरीको सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र विशेष गरी तराई भेगमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार