25.1 C
Kathmandu
Thursday, April 16, 2026
spot_img

कोशी र गण्डकीका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । आज वैशाख २ गते बुधबार देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ ।

दिउँसोको मौसम:
कोशी प्रदेशका पहाडी र हिमाली भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेशको पहाडी भू-भाग तथा देशका अन्य हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहनेछ ।

रातिको मौसम:
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । यी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराईमा भने मौसम सफा नै रहने देखिन्छ ।

वर्षा र हिमपात हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार