30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

मध्यपश्चिम विश्वविद्यालयमा ‘एडुरोम’ सेवा सुरु हुँदै, एनरेनद्वारा सिस्को नेक्सस स्विच हस्तान्तरण

सुर्खेत, ६ वैशाख । मध्यपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय स्तरको ‘एडुरोम’ (eduroam) सेवा स्थापनाका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको छ। नेपाल एजुकेशन एण्ड रिसर्च नेटवर्क (एनरेन) ले आइतबार विश्वविद्यालयलाई ‘सिस्को नेक्सस ३००० सिरिज’ को स्विच उपलब्ध गराएको हो।

एक विशेष कार्यक्रमका बीच एनरेनका सिनियर नेटवर्क इन्जिनियर निरज आचार्य र सिस्टम एडमिनिस्ट्रेटर इन्जिनियर निराजन पराजुलीले संयुक्त रूपमा उक्त स्विच विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेललाई हस्तान्तरण गर्नुभयो।

विश्वविद्यालयमा एडुरोम सेवा स्थापनाको कार्य हाल अन्तिम चरणमा पुगेको छ। यो सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले विश्वभरका हजारौँ शैक्षिक संस्थाहरूमा उपलब्ध हुने सुरक्षित र सहज ‘रिसर्च नेटवर्क’मा निःशुल्क पहुँच प्राप्त गर्नेछन्।

कार्यक्रममा बोल्दै रजिस्ट्रार प्रा. डा. कँडेलले प्रविधिको विकासले शैक्षिक अनुसन्धानमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, नेपाल टेलिकमका सहायक प्राविधिक अधिकृत सूर्यबहादुर थापा लगायत विश्वविद्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

एनरेन र मध्यपश्चिम विश्वविद्यालयबीच लामो समयदेखि नेटवर्क विस्तार, प्राविधिक क्षमता अभिवृद्धि र अनुसन्धानका क्षेत्रमा सहकार्य हुँदै आएको छ। एडुरोमको विस्तारसँगै विश्वविद्यालय अब विश्वव्यापी शैक्षिक सञ्जालमा थप बलियो गरी जोडिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार