30.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

कोशी र गण्डकीमा वर्षाको सम्भावना, मधेससहित तराईमा अत्यधिक गर्मी बढ्ने

काठमाडौँ, ७ वैशाख २०८३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सम्बन्धी विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न भू-भागमा वर्षा र केही क्षेत्रमा अत्यधिक गर्मी हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

दिउँसोको मौसम: कोशी र गण्डकीमा वर्षाको संकेत

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहने देखिन्छ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा र बागमती तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका भू-भागमा भने मौसम आंशिक बदली रहने छ।

रातिको मौसम

राति देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

तराईमा तातो हावाको चेतावनी

विशेष गरी मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचहरूमा आगामी केही दिन तापक्रम अझै बढ्ने र ‘तातो दिन’ हुन सक्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन र प्रशस्त पानी पिउन सर्वसाधारणलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार