धितोपत्रसम्बन्धी कसुरमा उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौँ, १० वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गोल्छालाई आज नक्सालबाट नियन्त्रणमा लिएको हो। धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छालाई पक्राउ गरिएको हो। “धितोपत्र बोर्डको प्रतिवेदन प्राप्त भएपछि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

गोल्छामाथि धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ र ९८ बमोजिमको कसुरमा अनुसन्धान सुरु गरिएको छ। उक्त ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाउन उनलाई सीआईबीको हिरासतमा राखिएको छ।

नागार्जुन नगरपालिका–८ निवासी गोल्छा नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनसँग आबद्ध छन्। उनीमाथि भित्री कारोबार (इन्साइडर ट्रेडिङ) वा धितोपत्र बजारलाई प्रभावित पारेको हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको स्रोतले जनाएको छ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार