सुनसरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-०८ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय तुफान बिक रहेका छन्। सोमबार दिउँसो करिब ३:३० बजेको समयमा धरान-०८ गैरी टोलमा लागु औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको टोलीले बिकको घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा ३.९३ ग्राम ब्राउन सुगर फेला पारेको हो।

बरामद गरिएको लागु औषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार