लुम्बिनीको पुरातात्विक महत्व र आध्यात्मिक मूल्य जोगाउन विज्ञहरूको जोड

१५ वैशाख, काठमाडौं | विश्व सम्पदास्थल लुम्बिनीको संरक्षण र दिगो विकासका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।

माननीय मन्त्रीज्यूको उपस्थितिमा भएको उक्त उच्चस्तरीय बैठकमा लुम्बिनीको पुरातात्विक संरचना, ऐतिहासिक मूर्ति, शिलालेख र स्तूपहरूको संरक्षणका चुनौती र आगामी कार्यदिशाबारे गहन छलफल भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय अभिलेखालयका महानिर्देशक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूका साथै लुम्बिनी विकास कोषका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पवित्रता र पूर्वाधारबीच सन्तुलन आवश्यक
छलफलका क्रममा विज्ञहरूले लुम्बिनीको प्राचीनता र पवित्रतालाई केन्द्रमा राखेर मात्र पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएका छन्। सहभागीहरूले लुम्बिनी केवल पर्यटकीय स्थल मात्र नभई विश्वकै आध्यात्मिक केन्द्र भएकाले त्यहाँको ध्यानपूर्ण वातावरण र शान्तिलाई खलल नपुग्ने गरी विकासका कामहरू अगाडि बढाउनु पर्ने धारणा राखेका थिए।

पुरातात्विक महत्वको संरक्षण
छलफलमा सहभागी सरोकारवालाहरूले लुम्बिनीमा रहेका पुरातात्विक अवशेषहरूको वैज्ञानिक संरक्षण गर्दै त्यसको ऐतिहासिक र आध्यात्मिक मूल्यलाई अक्षुण्ण राख्न सरकारले विशेष पहल गर्नुपर्ने बताए। पुरातात्विक स्थलहरूको संवेदनशीलतालाई बुझेर मात्र थप संरचना निर्माण गर्नुपर्नेमा उनीहरूले मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

मन्त्रालयले प्राप्त राय र सुझावहरूलाई समेटेर लुम्बिनीको वृहत्तर गुरुयोजना र संरक्षणका कार्यहरूलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार