रुवान्डालाई ३८ रनले हराउँदै नेपाली महिला टोलीको सानदार जित

१५ वैशाख, न्युज डेस्क | नेपाली महिला क्रिकेट टोलीले आइसिसी महिला टि-२० च्यालेन्ज ट्रफीमा रुवान्डामाथि ३८ रनको सानदार जित हात पारेको छ। आज भएको खेलमा नेपालले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा मात्र ६५ रनमा समेटियो।

नेपालको जितमा बलरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा मात्र १० रन खर्चेर महत्वपूर्ण ३ विकेट लिइन् । त्यस्तै कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान २-२ विकेट लिएपछि रुवान्डाका ब्याटरहरू क्रिजमा टिक्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २४ रन र पूर्व कप्तान रुबिना क्षेत्रीले ११ रन जोडेका थिए । रुवान्डाका लागि बलिङतर्फ बेलेइज बाकुमेले २ विकेट लिएकी थिइन्।

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । यो जितसँगै नेपालको सेमिफाइनल यात्रा अझ बलियो बनेको छ। नेपालले अब आफ्नो अर्को खेल १७ वैशाखमा भानुआटुसँग खेल्ने तालिका रहेको छ ।


सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार