धादिङमा आइचर गाडी दुर्घटना: चालकसहित ४ जना घाइते, थप उपचारका लागि काठमाडौं रिफर

१५ वैशाख, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१४ रिङगाउँस्थित भित्री सडक खण्डमा आइतबार दिउँसो एक सवारी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ-२ ओलीटारबाट देवीथान सामुदायिक वनमा सल्लाको काठ लिन जाँदै गरेको (ONE TEST) नम्बरको आइचर गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटना दिउँसो करिब ३:०० बजे भएको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित ९ जना सवार रहेका थिए। जसमध्ये ४ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल रहेका छन्। घाइतेहरूलाई प्रहरी चौकी धुवाँकोटबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेशी ल्याइएको थियो।

जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि सबै घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।

घाइतेहरूको विवरण:
१. सुमन अधिकारी (चालक): २४ वर्ष, नेत्रावती डबजोङ गाउँपालिका-१, धादिङ (बायाँ हात र ढाडमा चोट)
२. ईशान वि.क.: १५ वर्ष, नेत्रावती डबजोङ गाउँपालिका-१, धादिङ (टाउको र अनुहारमा चोट)
३. अशोक तामाङ: २१ वर्ष, गंगाजमुना गाउँपालिका-३, धादिङ (बायाँ खुट्टामा चोट)
४. नविन प्रजा: ३२ वर्ष, राक्सीराङ गाउँपालिका-७, मकवानपुर (टाउको र दुवै खुट्टामा चोट)

घाइते सबैको अवस्था बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार