ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदन बुलेटिनमा प्रकाशन, ९० दिनभित्र दाबी विरोध गर्न उद्योग विभागको सूचना

काठमाडौँ, २ जेठ । उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त भएका आवेदनहरू दर्ता प्रयोजनका लागि औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरेको छ। विभागको औद्योगिक सम्पत्ति शाखाले ‘पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ को दफा १८ (१) बमोजिम मिति २०८३ साल वैशाख ३० गते उक्त बुलेटिन प्रकाशन गरेको हो।

विभागका अनुसार प्रकाशित बुलेटिन उद्योग विभागको आधिकारिक वेबसाइट (www.doind.gov.np) मा गएर हेर्न सकिनेछ। प्रकाशित ट्रेडमार्क चिन्हहरू उपर कसैको दाबी वा विरोध भएमा बुलेटिन प्रकाशन भएको मितिले ९० दिन भित्र उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौँमा रितपूर्वक उजुरी दिन विभागले सरोकारवाला सबैमा जानकारी गराएको छ।

यसका साथै, यसअघि आवेदन परेका तर यस पटकको बुलेटिनमा प्रकाशन हुन छुटेका ट्रेडमार्कहरूको दाबी विरोधको सूचना आगामी औद्योगिक सम्पत्ति बुलेटिनमा समावेश गरिने विभागले जनाएको छ। आवेदन भइसकेर पनि बुलेटिनमा नाम नआएका ट्रेडमार्कहरूको हकमा थप कारबाही प्रक्रियाका लागि उद्योग विभागमा सम्पर्क गर्न समेत सूचनामा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार